युवाहरु यस्ता कारणले कन्डोम प्रयोग नगर्दारहेछन्, अनि बन्छ नतिजा पीडादायी

एक सर्भेका अनुसार बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुको एउटा ठुलो हिस्सा आफ्नो नयाँ पार्टनरका साथ सम्बन्ध कायम गर्दा कन्डोमको प्रयोग कहिल्यै गर्दैनन् ।

त्यसैले २५ वर्षभन्दा कम उमेर समूहका युवाहरुमा यौन संक्रामक रोगबाट बचाउने र कन्डोमको प्रयोग बढाउनका लागि बेलायतमा एउटा नयाँ अभियान सुरु गरिएको छ। यौन स्वास्थ्यका लागि विगत आठ वर्षमा सरकारले पहिलोपटक यसप्रकारको अभियान सुरु गरेको हो ।

बेलायतको स्वास्थ्य विभागले गरेको एउटा सर्भेमा १६ देखि २४ वर्ष उमेर समूहका युवामा करिब आधाभन्दा बढी यस्ता छन् जो नयाँ साथीसँग सम्बन्ध कायम गर्दा कन्डोम प्रयोग गर्दैनन् । सर्भेका अनुसार हरेक दशमध्ये एक जना युवा यस्ता छन् जसले कहिल्यै पनि कन्डोम प्रयोग गरेका छैनन् ।

सरकारले यो अभियानका क्रममा १६ देखि २४ वर्ष समूहका युवाहरुसँग उनीहरुको यौन स्वास्थ्यका विषयमा कुरा गरेको थियो । कन्डोम प्रयोग नगर्ने सबैभन्दा ठुलो कारण कन्डोमबिनाको यौन सम्पर्क बढी आनन्ददायक हुने युवाहरुको भनाइ छ।

रेक्सहैम निवासी १९ वर्षका जोर्डन पनि यसमध्येकै एक हुन् । जोर्डनका अनुसार उनी युवतीहरुसँग बिना कन्डोम नै पहिलोपटक सुतिसकेका छन् ।उनका अनुसार दुईमध्ये एक अवसरमा मात्र कन्डोम प्रयोग गर्दछन् । जोर्डनका अनुसार यसको एउटा कारण उनीहरु मदिराको नशामा रहनु पनि हुने गर्दछ । जोर्डन भन्छन्–मदिराबाट साँच्चिकै फरक पर्दछ, किनभने जब तपाई नशामा हुनुहुन्छ तब तपाई बढी लापरवाह बन्नुहुन्छ ।

सर्भेका अनुसार आधा बढी मानिस नशामा भएका कारण कन्डोम प्रयोग गर्दैनन् । जोर्डनका साथी लिडिया पनि यसमा चासो राख्छिन् । उनका अनुसार नशामा सुरक्षित सेक्सको सम्भावना कम हुने गर्दछ । दुवैलाई यो असुरक्षित सेक्सको पछिल्लो दिन अपराध बोध महशुस हुने गर्दछ र उनीहरु जाँचका लागि यौन क्लिनिक गइसकेका छन् । कन्डोम प्रयोग नगर्नुको एउटा अर्को पनि कारण बताइएको छ कि सेक्स पार्टनर गर्भनिरोधक गोलीको प्रयोगको प्रयोग गरिरहेका थिए वा कान्ट्रासेप्टिभ इम्प्लान्ट फिट गरेका थिए । २० वर्षीया एली विद्यार्थी हुन् र उनलाई लाग्छ कि यो एउटा आम कुरा हो ।

एलीका अनुसार जुन युवाका साथ उनले शारीरिक सम्बन्ध कायम गरिन्, उनलाई यौन रोगभन्दा बढी गर्भवती हुने आशंकाले बढी सतायो । उनी भन्छिन्–यदि गर्भ रह्यो भने यसको जिम्मेवारी युवकमाथि पनि जानेछ । यदि कुनै यौन रोग लाग्यो भने त्यो मात्र तपाईको समस्या हुन्छ । यदि युवती गर्भनिरोधक औषधि सेवन गरिरहेकी छन् भने यसको अर्थ पनि हुन्छ कि युवकलाई कन्डोम प्रयोग गर्नु जरुरी हुँदैन ।

सन् २०१६ मा बेलायतमा क्लामेडिया र गोनोरियाजस्ता यौन रोगबाट १५ देखि २५ वर्ष उमेर समूहका १४१,००० जना पीडित बनेका थिए । २४ वर्षका जेस्सीले बीबीसी न्युजलाई बताएअनुसार उनलाई पनि यो दुई रोग लागिसकेको थियो किनभने उनले कन्डोम प्रयोग गरेका थिएनन् ।

जेस्सी भन्छन्–त्यो राम्रो अनुभव थिएन, पेट र तिघ्राको बिचमा पीडा महशुस भइरहेको थियो र पिसाव फेर्दा पोलेको पनि थियो । सबैभन्दा खराब कुरा त यो थियो कि मलाई आफ्नो पूर्व र अहिलेको यौन सम्पर्क पार्टनरलाई बताउनुपर्ने भयो कि उनलाई यौन रोगबाट संक्रमित गरियो… उनलाई पनि क्लिनिक लगेर उपचार गर्नुपर्ने भयो ।

यद्यपि जेस्सी यो अनुभवपछि कन्डोपको प्रयोग गर्न थालेका छन् । अर्कातिर चिकित्सकलाई पनि यो चिन्ताले सताइरहेको छ कि गोनोरियामा एन्टिबायोटिक औषधि पहिलाजस्तो प्रभावकारी भइरहेको छैन । डाक्टरसारा केयाटको सल्लाह छ कि यौन रोगबाट बच्नका लागि सबैभन्दा राम्रो तरिका कन्डोम प्रयोग गर्नु नै हो । एजेन्सी