महिलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला

बाग्लुङ । बाग्लुङको वडिगाड गांउँपालिका ७ मा गएराति एक महिलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

वडिगाँड गाउँपालिका ७ भिमगिठेका ६० बर्षीय मनिकर्ण जिसीलाई बस्दै आएको घरदेखि करिब ४ सय मिटर टाढा लगेर जवरजस्ती करणीपछि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भिमगिठेस्थित शिक्षक कमलप्रसाद अधिकारीको घरमा लामो समयदेखि बस्दै आउनुभएका मृतक जिसीलाई गुल्मीकै मालीका गाउँपालिका वडा २ का ३५ बर्षिय ईश्वर बहादुर विकले जबरजस्ती करणीपछि हत्या गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्माले जानकारी दिनुभयो । हत्याका आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ चलान गरिएको छ ।