नायिका रजनीको अन्डर १९ मै चुम्बनले सुनसनी

नायिका रजनि केसीले आफ्नो डेब्यु फिल्म अन्डर १९ को ल्ँँगि दिएको चुम्बन दृश्यले यतिबेला चर्चा पाइरहेको छ ।
डेब्यु मुभिमानै नायक रोजन रखाल संग हट सिन दिएकी रजनि डेब्यु चलचित्र रिलिज डेटको संघारमा आईपुग्दा प्रचार प्रसारामा भने कतै देखिन्नन । अन्डर १९ फिल्म आगामी शुक्रबार अर्थात मंंसिर २२ गते प्रदर्शनमा आउँदै छ ।
निर्माताहरुको खटपटका कारण रिलिज डेट पछाडी सर्दै मंसिर २२ मा आईपुगेको चलचित्रमा कलाकार तथा निर्माता केदार ढुंगानाको पनि अभिनय रहेको छ निर्माता केदार ढुंगानाले यस अघि पनि लाले फिल्म निर्माण गरेका थिए ।
फायर इन्टरप्राईजेज एण्ड मिडिया प्रा.लि. , नेपाल बक्स अफिस प्रा.लि. एवंम रोजन फिल्म्स प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्र ‘अन्डर नाइन्टिन’को प्रदर्शन मिति यहि मङ्सिर २२ गते नजिकिदै गर्दा निर्माताहरु प्रचारमा जुटेका छन् । चलचित्रमा रजनी सँगै अर्की अभिनेत्री शुभेच्छा थापाको पनि अभिनय रहेको छ ।
धनाढ्य बाउको बिग्रेको छोराको कहानीमा आधारित चलचित्रको निर्देशन शिव घिमिरे गरेका हुन्। टिनेजर्सलाई टार्गेट गरेर बनाईएको चलचित्रले दर्शकहरुको मन जित्नेमा निर्माण पक्ष् ढुक्क छ।चलचित्रमा केदार ढुंगाना, शुभेच्छा थापा, रोजन रखाल, रजनी केसी लगायतको अभिनय रहेको छ । टिकाराम रखाल मगरको लेखन रहेको चलचित्रमा प्रदीप खड्काको द्धन्द्ध, टंक बुढाथोकी र राजेन्द्र श्रेष्ठको संगीत, प्रवल प्रधानको सम्पादन रहेको छ ।