एउटी अभिनेत्रीमाथि निर्माताबाट भएको यौन उत्पीडनको कथा

चर्चित अभिनेत्री सलमा हायेकले हलिउड निर्माता हार्वी वाइनस्टीनलाई क्रोधित दानव बताउँदै आफूमाथि पनि उनले यौन उत्पीडन गरेको र मार्ने धम्की दिएको बताएकी छन्।

न्युयोर्क टाइम्समा हायेकले लेखेकी छन् कि वाइनस्टीले एकपटक उनीसँग भनेका थिए–म तिम्रो हत्या गर्नेछु, यो नसोच कि म यसो गर्न सक्दिनँ । रोज मैकगोभन, एन्जेलिना जोली र ग्वीनेज पाल्त्रोसमेत दर्जनौ हलिउड अभिनेत्रीहरुले वाइनस्टीनमाथि यौन उत्पीडनको आरोप लगाएका छन्। यद्यपि हार्वी वाइनस्टीनले बिना सहमति सेक्स गरेको आरोप अस्वीकार गरिसकेका छन् ।

५१ वर्षीया म्याक्सिकन मूलकी अमेरिकी अभिनेत्री सलमा हायेकले लेखेकी छन् कि वाइनस्टीनसँग काम गर्ने आफ्नो ठुलो सपना थियो । उनले लेखेकी छन्–वाइनस्टीनसँग फिल्म ‘फ्रीडा’ को अधिकारका लागि भएको सम्झौतापछि ‘हुन्न भन्ने पालो मेरो थियो’ । उनले लेखेकी छन्–मैले हुन्नको सुरुवात गरेँ–साथमा सावर लिन हुन्न भन्नु, शावर लिँदै गर्दा मलाई हेर्न हुन्न भन्न, मलाई मालिस गर्न नदिन, उनका कुनै पनि निःवस्त्र साथीलाई मलाई

मालिस गर्न हुन्न भन्न, ओरल सेक्स अस्वीकार गर्न, अरु कुनै महिला सामु निःवस्त्र हुन अस्वीकार गर्न ।

उनले यहाँसम्म आरोप लगाएकी छन् कि वाइनस्टीनले एकपटक यदि एक जना अन्य अभिनेत्रीका साथ निःवस्त्र दृष्य नदिए चलचित्र बन्द गर्ने धम्की दिएका थिए ।

एउटा चलचित्रको दृष्य छायाँकन गर्ने क्रममा आफ्नो भावनात्मक उथलपुथल साझा गर्दै उनले लेखेकी छन्–मैले औषधि नै खानु परेको थियो, जसबाट मेरो भावनाहरु नियन्त्रित भयो तर नराम्रोसँग बमिट आउन थाल्यो । उनी भन्छिन् कि यो दृष्य फिल्माउनु अनावश्यक थियो । उनले लेखेकी छन्–तपाई कल्पना गर्नु सक्नु हुन्छ, यो कामुक थिएन, तर यही एउटा बाटो थियो, जसबाट म यो दृष्य गर्न सक्थे । सलमा हायेकका लागि बेस्ट एक्ट्रेससमेत ‘फ्रिडा’लाई ओस्करको ६ श्रेष्णीमा नामांकन प्राप्त भएको थियो । एजेन्सी