यस्तो रहेछ सेक्स र छोटो लिंगको वास्ताविकता, आकारमा असन्तुष्टहरुका लागि…

छोटो लिंगको विषयमा हाम्रो समाजमा अपमानजनक टिप्पणी आम कुरा हो । टेलिभिजन धाराबाहिक ‘लभ आइल्याण्ड’ मा महिलाहरुलाई डर हुन्छ कि आफ्नो पार्टनरको लिंग छोटो अर्थात सानो नहोस् । ‘गेम अफ थ्रोन्स’ मा पनि सानो लिंगलाई लिएर गुनासो गरिएको छ।
यता राजनीतिमा राष्ट्रपनि डोनाल्ड ट्रम्पको छोटो हातलाई ठट्टाको विषय बनाइने गरेको छ ।
मानिसहरु सोच्छन् कि शरीरका अंगलाई लिएर ठट्टा गरिँदाको समस्याबाट पीडित महिला मात्र छन् । तर, यो वास्तविकता होइन । पुरुष पनि यो विषयमा समान रुपमा पीडित छन् । सन्देश स्पष्ट छ–सानो लिंग कसैले पनि चाहँदैन । एन्ट स्मिथ ‘द स्माल पेनिस बाइबल’ का लेखक हुन् ।
उत्तेजनापछि एन्टको लिंग चार इन्च हुन्छ र समान्य स्थितिमा यसको लम्बाई एकदेखि दुई इन्च हुन्छ । यद्यपि यो माइक्रोपेनिस होइन । (माइक्रोपेनिसको लम्बाई उत्तेजनाको अवस्थामा सामान्य रुपमा २.८ इन्च हुन्छ ) तर विश्वस्तरमा लिंगको औषत लम्बाई ५.१६ इन्च हुने गरेको छ। यसकारण एन्टलाई युवा अवस्थाबाटै अपमानको स्थिति सामना गर्न बाध्य भए ।
एन्ट लिंगको आकारबाट सधैं डराइरहेका थिए । एन्टले १८ वर्षको उमेरमै आफ्नो एक जना साथीसँग खेलमा कुस्ती खेलेका थिए । उनलाई साथीले गलत तरिकाले सामाते । एन्टको दिमागमा यो कुराले घर ग¥यो । एन्टका लागि किशोरावस्थामा यो लज्जाको विषय बनिरह्यो । उनले भने–मलाई युवतीहरुसँग कुरा गर्न निकै मुश्किल हुन्थ्यो । यस्तो लाग्थ्यो कि कसैका सामु निःवस्त हुनु मेरा लागि कति मुश्किल छ ।
इन्टरनेट सर्भेका अनुसार ४५ प्रतिशत पुरुष आफ्नो लिंगको आकारबाट सन्तुष्ट हुँदैनन् । जबकि युगोभ पोलका अनुसार १८ देखि २४ वर्ष उमेरका ४२ प्रतिशत बेलायती पुरुष ठुलो लिंगको चाहना राख्छन् ।
ठुलो लिंगको चाहनालाई बजारले आफ्नै तरिकाले पस्केको छ । यस्ता औषधिहरु बेचिँदैछ जसको यो वास्तविकतासँग कुनै सम्बन्ध नै छैन । मानिसहरु लिंगको आकार बढाउनका लागि इन्जेक्शन पनि लगाउने गर्दछन् ।
जो यसो गरिरहेका छन् उनीहरुको लिंगमा विकृति आउने आशंका प्रवल हुने गर्दछ । लिंगको आकार बढाउनका लागि मानिसहरु सर्जरी पनि गराइरहेका छन् । यसरी सर्जरीमा मानिसहरु लाखौ रुपैयाँ खर्च गरिरहेका छन् । लिंगको आकार बढाउनका लागि मानिसहरु अनेक उपाय अपनाइरहेका छन्।
एन्टको पुस्तकका अनुसार ६८ प्रतिशत पुरुषको लिंगको आकार उत्तेजनापछि ४.५ देखि ६ इन्च हुन्छ । १६ प्रतिशत पुरुषको लिंगको आकार ४.५ इन्च हुन्छ । यसको अर्थ यो भयो कि ठुलो संख्याका मानिस आफ्नो लिंगको आकारबाट चिन्तित हुन सक्छन् । किनभने यो आकार औषतभन्दा पनि सानो हो ।
एन्टका अनुसार लिंगको आकारलाई लिएर चिन्तित हुनुको कारण पोर्न हो । पुरुष र महिला जो पोर्न हुर्छन् त्यस्तै चाहना मनमा राख्छन् । कयौ अध्ययनले स्पष्ट गरिसकेको छ कि लिंगको आकारका विषयमा महिलाभन्दा बढी पुरुष चिन्तित रहन्छन् ।
मेन एन्ड मैस्क्युलिनटी जर्नलका अनुसार ८५ प्रतिशत महिला रिलेशनशीपमा लिंगको आकारका विषयमा सन्तुष्ट हुन्छन् । एन्टकी श्रीमतीले नै उनको लिंगको आकारको आशंकाबाट बाहिर निस्कन सहयोग गरेकी थिइन् ।
एन्टकी श्रीमती जब एन्टलाई भन्थिइन् कि म यसबाट सन्तुष्ट छु तब उनलाई भरोसा हुँदैन थियो । एन्टका अनुसार आकारसँग सम्बन्धित प्रश्न तपाईले स्वयमलाई सोध्नुभयो भने त्यो तपाईको हितमा हुनेछैन । एन्टले लिंगको सानो आकारका विषयमा कविता पनि लेखे । एन्टको उक्त कविताले निकै लोकप्रियता पाएको थियो । बीबीसी हिन्दी ।