आफू जितेपछि गगन थापाले पार्टीको हार यसरी सम्झिए

काठमाडौ । नेपाली काँग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
काँग्रेस नेता थापा २१ हजार ५ सय ५१ मत ल्याई काठमाडांै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । आफू निर्वाचित भएपछि थापाले आफ्ना मतदातालाई धन्यवाद व्यक्त गरेका छन् । उनले जनताको निरन्तरको विश्वास आफ्नो जीतको मुख्य आधार भएको उल्लेख गर्दै जनताको विश्वास कायमै राखेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । थपाले पार्टीले इतिहासमै अनपेक्षित हार व्यहोरेको उल्लेख गर्दै पार्टी जीवनमा आएको संकट समाधान गर्न पनि लागिपर्ने प्रतिक्रिया पनि दिए । थापाले एमाले नेता राजन भट्टराईलाई करिव ३ हजार मत अन्तरले पराजित गरेका हुन् । उनी यस अघि २०७० सालको संविधान सभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।