नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरको अध्यक्षमा जाङवु शेर्पा चयन

सिन्धुपाल्चोक । नेपाल शेर्पा युवा संघका केन्द्रिय अध्यक्ष जाङबु शेर्पा नेपाल–चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक च्याप्टरको अध्यक्षमा निर्वाचित भएका छन ।सन् २०१२ मा स्थापना भएको च्याप्टरमा शेर्पा अध्यक्ष निर्वाचित भएका हुन् । शेर्पाको यो दोस्रो कार्यकाल हो । च्याप्टरले तातोपानी क्षेत्रमा रहेका व्यापारीहरुको हकहित तथा दुई देशबीच हुने व्यापारलाई अझ सहज बनाउन समन्वयकारी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष जाङवु शेर्पाले जानकारी दिनुभयो । दुई देशबीच आर्थिक तथा व्यापारिक क्रियाकलाप विस्तार एवं सुमधुर गर्न तथा व्यापारी वर्गको हकहितका लागि सदैव लागि पर्ने स्पष्ट पार्नु भयो । नेपाल र चीनबीच विद्यमान सुमधुर सम्बन्ध विस्तार एवं आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले कार्य गर्दै आइरहेको अध्यक्ष शेर्पाले बताउनुभयो । ।
हाल कोभिडका कारण नाका सुचारु हुन नसकिरहेको र नाका पूर्ण रुपमा सुचारु गर्न विभिन्न सरकारी निकाय, दुबै देशका राजदूतावास, चिनियाँ संघ संस्था, तिब्बत सरकारलाई आग्रह गरिरहेको उनले बताए । अमृत कुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ ।