जम्बुका पहिरो पीडितलाई शेर्पा किदुग रोमानियाको सहयोग

रोमनिया शेर्पा किदुगले सिन्धुपाल्चोक बाह्रविशे नगरपालिका जम्बुका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरीङ शेर्पा,हिमाली शेर्पा समाजका अध्यक्ष  तथा बाह्रविशे नगरपालिका वडा नम्बर १ का वडा सदस्य दावा छिरी शेर्पा ,वडा अध्यक्ष कामी शेर्पाले संयुतmा रुपमा रकम हस्तान्तरण गरेको हो । शेर्पा किदुग रोमानियले संकलन गरी पठाएको रकम प्रति मृतक १८ हजारको दरले १७ जनाको परिवारलाई आइताबार हस्तान्तरण गरेको हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरीङ शेर्पाले जानकारी दिनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *