कोरोना संक्रमितमध्ये १४७ गम्भीर अवस्थामा स् १३५ जना आइसियुमा, १२ जना भेन्टिलेटरमा

 

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये १ सय ४७ जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले १ सय ३५ जनाको आइसियु र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार भेन्टिलेटरमा रहेका १२ जना वागमती प्रदेशका छन् ।

प्रदेश १ मा १५ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५२ जना, प्रदेश ५ मा १६ जना र कर्णाली प्रदेशमा ६ जनाको आइसियुमा उपचार भइरहेको छ ।

शनिबार दिउँसोसम्म देशघर ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ हजार ३ सय ५० जना निको भएर घर फर्किएका छन् भने १ सय ४६ जनाले ज्यान गुमाएका छन् ।