फ्रेण्डसीप अवार्ड २०७५   थुलुङ दुधकोशी गाउँपालिकालाई

थुलुङ दुधकोशी गाउँपालिकाले ‘फ्रेण्डसीप अवार्ड’ २०७५ प्राप्त गरेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये वितेका डेढ बर्षमा गरेको कामको प्रगतिको आधारमा गाउँपालिकाले अवार्ड प्राप्त गरेको हो । फ्रेण्डसीप यूथ क्लबको आठौ बार्षिक उत्सबको अबसरमा शुरु गरिएको पहिलो अवार्ड थुलुङ दुधकोशी गाउँपालिकाले प्राप्त गर्न सफल भएको हो । अवार्ड गाउँपालिकाका अध्यक्ष असिम राईले ग्रहण गरेका छन् । अवार्ड प्रदेश नं १ का आर्थिक मामिला तथा योजना विकास मन्त्री ईन्द्र बहादुर आङबोले प्रदान गरेका हुन् । गाउँपालिकाले आफ्नै प्रिफाईभ प्रशासनिक भवन गर्नुका साथै ५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि अभियान संचालन गरिरहेको छ ।