जे जे पर्ला बेहोरुंला,हेर्न देऊ जवानीलाई,लाक्पा शेर्पा समर्पित

गजल

जे जे पर्ला बेहोरुंला,हेर्न देऊ जवानीलाई
नमेटिने रङग भरेर ,केर्न देऊ जवानीलाई

अत्तरसरी मोहिनी त्यो रूपको पासो थापेर
तिम्रै चोखो पिरतिमा,टेर्न देऊ जवानीलाई

मेरो मनमा गुम्सिएका बैशालु तिष्णा पोख्न
टाँसिएर अंगालोमा ,बेर्न देऊ जवानीलाई

रुखो सुखो जीन्दगीमा सुख दुख सबै बाडेर
बसन्त ति ऋतु जस्तै फेर्न देऊ जवानीलाई

भुवा सरि उडी राछ,उम्किएला यो मन कतै
पिरतिको बार हाली ,घेर्न देउ जवानीलाई

लेखक:-लाक्पा शेर्पा समर्पित
ठेगाना:- ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल