मिन्ड्रोल छयाङ्छुप छ्योलिङको बज्रगुरु विश्वशन्ति पूजा शुरु

मिन्ड्रोल छयाङ्छुप छ्योलिङ संघले आयाजना गरेकोे बज्रगुरु विश्वशान्ति पूजा शनिबारबाट सिमलटार स्थित संस्थाको प्रङगनमा शुरु भएको छ । वि.सं.२०७५ पौष ७ गते देखी शुरु भएको बज्रगुरु विश्वशान्ति पुजा वि.सं.२०७५ पौष ११ गते सम्म हुने आयोजकले जनाएको छ । सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र दिर्घायुको निम्ति बज्रगुरु विश्वशान्ति पुजा अयोजना गरेको संस्थाको अध्यक्ष ल्हाक्पा तेम्बा शेर्पाले जनाकारी दिनु भयो । दैनिक विहान आठ बजे देखि अपह्रान चार बजे सम्म हुने छ ।