युनाइटेड युथमा मदन

युनाइटेड नेसन्स युथ एन्ड स्टुडेन्ट एशोसियसन नेपालको अध्यक्षमा सोलुखुम्बु स्थायी घर भएको मदन राई चयन भएको छ । नयाँ गठित कार्यसमितिमा उपाध्यक्ष डा.सरल शर्मा, महासचिव अमृत बञ्जाडे र कोषाध्यक्ष जोफेन लामा चयन भएका छन् । सदस्यमा सविन गुरुङ, प्रज्ञावती राई , सुनिता डंगोल, विकास राई, मनिता पोखरेल र निर्मला नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवक्ता दिनेश लामिछाने, सञ्चारकर्मी बुद्धि कट्टेल र पत्रकार सपना राई रहेको निर्वाचन कमिटीले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।