एसईई नतिजा आज

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्दैछ । सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ । आज दिउ“सो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन गरेर (एसईई) को नतिजा आज प्रकाशित गरिने भएको छ । सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।