दावाको सगरमाथामा कफि खुवाउने सपना पुरा

हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा होमिएको दोलखाकी दावुटी शेर्पाले सफलता पुर्वक सगरमाथा आरोहण गरेका छन । उनले सोमबार विहान सगरमाथाको सफल आरोहण गरेका हो । योसंगै यो सिजनमा सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत बनेकी छिन । दोलखा सिमीगाउमा जन्मिएकी दाबुटी शेर्पाले नेपाली कफिको प्रवद्र्धन र प्रचारका लागि सगरमाथा आरोहण गरेकाी हुन । सगरमाथाको चुचुरो चुमी नेपाली कफी बजारलाई विश्वसामु चिनाउने र कफी उत्पादनमा बृद्धि गरी रोजगारको सृजना गर्ने मुख्य उद्देश्य पुरा भएको छ । “बरिस्त दावा” वा “बरिस्त दाबुटी” नामले चिनिने शेर्पा सन् २०१३ मा लजिम्पाटमा भएको मितिनी क्याफेबाट बरिस्त भएका हुन् । ६ बर्षको लामो अनुभवले उनी बरिस्त सुपरभईजर हँुदै प्रशिक्षकको रूपमा काम गर्दै आईरहेकी छिन् ।