सन्दिप आइपिएलमा डेब्यु, पहिलो नेपाली खेलाडी

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका हुन् ।
टस हारेको दिल्लीले अहिले ब्याटिङ गरिरहेको छ । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । तर, लगातार ११ खेल बेञ्चमा रहे । ११ मध्ये मात्र ३ खेल जितेको दिल्ली अंक तालिका तालिकाको पुछारमा छ र समूह चरणबाटै बाहिरिने सम्भावना बढी छ ।