हिमाल आरोहणमा शेर्पाले जस्तै नेपालको विकासको आराहेणमा भारत

 

बैशाख २९, काठमाडौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत काँधमा काँध मिलाउन तयार बताउनुभयो । हिमाल आोहणका बेला जसरी शेर्पाले आरोहीलाई सगरमाथा चुम्न सहयोग गर्छ त्यसरी नै नेपाल विकासको लागि भारत संधै तयार रहेको बताए । नेपाल अहिले बेस क्याम्पमा छ ,सगरमाथा चढ्न शेर्पाले सहयोग गरे जस्तै नेपाललाई विकासको सगरमाथा चढ्न भारतले सहयोग गर्ने बताउनुभयो । काठमाडौ महानरपालिकाले गरेको अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको अहिलेको अवस्था सगरमाथाको आधारशिविरमा पुगेको पर्वतारोही जस्तै भएको भन्दै अब शिखर आरोहण गर्न शेर्पाले पर्वतारोहीलाई पुर्याउने योगदान जस्तै भारत नेपालको विकासका लागि काँधमा काँध मिलाउन तयार रहेको बताउनु भएको हो । ‘तपाईहरु आफ्नै प्राथमिकता र आवश्यकता आफ्नै अनुसार तय गर्नुहोस र अघि बढ्नुहोस, मोदीले भन्नुभयो, भारत काँधमा काँध मिलाउन तयार छ ।’ यो म बढो जिम्मेवारीका साथ भनिरहेको छु, उहाँले थप्नुभयो, प्राथमिकता र आवश्यकता आपै तय गर्नुहोस, भारत सँधै नेपालका साथ काँधमा काँध मिलाएर चल्न तयार छ । नेपालको खुशी नै भारतको खुशी भएको पनि उहाँले बताउनुभयो । भूकम्पपछि देश र समाजको पनि पुनर्निर्माण भएको उल्लेख गर्दै उहाँले अहिले नेपालमा संघीय, प्रदेश र स्थानीय तहमा लोकतान्त्रिक सरकार बनेको र तीनै तहका चुनाव एकै बर्षमा गरेकोमा नेपाललाई धन्यबाद दिनुभयो । उहाँले गोलीको बोलवाला रहेको अवस्थालाई छोडेर युद्धबाट बुद्धको यात्रामा अघि बढेको स्मरण गर्दै उहाँले अझे धेरै टाढा पुग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।