मोदी ओली वान टु वान वार्ताको निष्कर्ष

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको वार्तामा ५ बु“दे सहमति भएको छ । दुई देशका प्रधानमन्त्रीबीच भएको वान टु वान वार्ता दुवै प्रधानमन्त्री बीच सम्झौता कार्यान्वयन गर्ने सहमति भएको हो । सम्झौता कार्यान्वयन गर्न दुइ देशका प्रधानमन्त्रीबीच सहमति भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । भारतीय प्रधानमन्त्री मोदीका अनुसार नेपाल ल्याण्डलक कन्ट्री नहोस, ल्याण्डलिंक र वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्न प्रतिवद्धता जनाएको छ । त्यसै गरि मोदीका अनुसार भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएको सहमति र त्यसको कार्यान्वयनबारे साथै रक्सौल काठमाडौं रेल्वेको सर्वे छिट्टै हुने, स्वास्थ्यमा सहयोग गर्ने ,अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेल्वे निर्माणमा सहमति भएको थियो । भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने सहमति भएको हो । भारतले भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गरिदिने छ । दुई देशका प्रधानमन्त्रीका अनुसार पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने सहमति पनि भएको छ । भारतीय प्रधानमन्त्री मोदीले दुई देशका प्रधानमन्त्रीले मिलेर ९०० मेगावाट क्षमताको अरुण तेस्रोको शिलान्यास गरेको जनाएको छ । मोदीका अनुसार ऊर्जा क्षेत्रमा नया“ अध्याय जोडिएकोछ । ऊर्जाका अरु सहयोग परियोजनामा पनि कुराकानी भइरहेको मोदीले बताउनु भयो । त्यसैगरि दुई देशका प्रधानमन्त्रीबीच कृषि क्षेत्रमा पनि सहयोग गर्ने सहमति भएको छ । दुई प्रधानमन्त्रीका अनुसार नेपाल र भारतका कृषि मन्त्रीहरूको बैठक छिट्टै बस्नेछ । यो बैठकले कृषि सहयोग अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ । साथै ब्यापार सम्वन्धलाई अझ बलियो बनाउन ‘ट्रिटी अफ ट्रेड’लाई पुनरावलोकन गर्न पनि दुई देश सहमत भएको छ ।