यी सडक रुटहरु प्रभावित हुनेछन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरको कार्यक्रम सकाएर काठमाडौंमा छन । आज मुक्तिनाथ दर्शनको लागि प्रस्थान गर्नेछन् । सो समयमा उपत्यकाका ट्राफिक रुट प्रभावित बन्नेछ । शनिवार विहान मोदी मुक्तिनाथ प्रस्थान गर्ने भएकाले त्यस क्रममा होटल हायतदेखि एयरपोर्ट सम्मको रुटको सवारी वन्द हुनेछ । मुक्तिनाथ दर्शन गरेर मोदी करिब १० बजे त्रिभुबन विमानस्थल फर्कने छन् । त्यसपछि उनी पशुपतिनाथमा विशेष पुजा अर्चनाका लागि पुग्नेछन् । त्यसपछि उनको यात्रा होटल हायतका लागि हुनेछ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा दिउँसो २ बजे भारतीय प्रधानमन्त्री मोदीलाई अभिनन्दन गर्ने कार्यकम रहेको छ । त्यसका लागि उनी होटल हायतबाट चावहिल, गौशाला, तिनकुने, बानेश्वर, माइतिघर, सिंहदरबार हुँदै भृकुटीमण्डप पुग्नेछन् । उनी राष्ट्रियसभा गृह जानुभन्दा केही अगाडि नै सडक खाली हुनेछ ।