शुक्रबार नचलाएका सबै सवारी निलम्बन

सरकारले शुक्रबार सञ्चालन नगरेको सबै सवारी रुट परमिट खारेज गर्ने भएको छ । विभागका प्रवतmा तुल्सीराम अर्यालले देशभरको तथ्याङक संकलन गरिरहेकाले सबै स्थानको तथ्याङक आउन वित्तिकै रुट खारेज गर्ने बताए । । “२०४९ को ऐनलाई कार्य्विधिमार्फत लागु गर्न खोजिएको हो । प्रतिस्पर्धी व्यवसायीलाई प्रोत्साह नगर्ने सर्वोच्चको आदेशअनुसार पनि सरकार चल्न खोजेको हो । यातायात व्यवसायसँग सम्बन्धित व्यावसायिक संस्थाहरु नवीकरण नगरी कम्पनी, फर्म वा सहकारीमा रुपान्तरण गर्ने सरकारको निर्णयमाथि पुनर्विचार नहुने भन्दै उनले व्यवासायीहरु औपचारिक छलफल मै नआएको बताए । अझै पनि व्यवसायीहरु छलफलमा आए छलफल गर्न तयार भएको बताए । तर सिन्डीकेटका लागि “सरकार सम्झौता गर्दैन । अब यातायात क्षेत्र यात्रुमैत्री र सुविधायुक्त हुन्छ । नयाँ व्यवसायीलाई पनि आकर्षित गर्छौँ । तर सरकार एक कदम पछि हट्दैन” । उनले बताए ।