आज कार्ल माक्र्सको जन्म

आज कार्ल हेन्रिक माक्र्सको २०० औं जन्म जयन्ती  विश्वले सम्झि रहेका छन । दुई सय वर्षअघि ५ मे १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल हेन्रिक माक्र्सको जन्म भएको थियो । उनले प्रतिपादन गरेको माक्र्सवादको सिद्धान्त अहिले विश्वविख्यात छ । विशेषगरी सर्वहार वर्गको मुक्तिको लागि स्थापित भएको माक्र्सवाद अहिले पूजीवादी मुलुकले समेत अनुशरण गरिन्छ । पुजीवाद उत्कर्षमा पुगेको अहिलेको विश्वमा पुजीवादबाटै सिर्जित तमाम समस्याहरू समाधान गर्दै नया“ संसारको निर्माण गर्ने अभिलाषा बोकेकाहरू कार्ल माक्र्सका दर्शनशास्त्र फेरि पल्टाउन थालेका छन् । अनि नया“ पुस्तालाई त्यही सिद्धान्त घोकाउन लागि परेका छन् । कार्ल माक्र्सको २ सय औं जन्मजयन्ती नेपालमा पनि मनाईएको छ । माक्र्सवादलाई मन्थन गर्ने लहर अहिले विश्वभर नै चलेको छ । जर्मनीमा जन्मेका कार्ल माक्र्सको मृत्यु १४ मार्च १८८३ मा भएको थियो । एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नामले विश्व विख्यात छन् । जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद कम्युनिज्मको जन्म भएको हो । अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो । त्यही कार्ल माक्र्सको सिद्धान्तलाई अहिले पनि विश्वका वामपन्थी शक्तिहरुले आत्मसाथ गरिरहेका छन् । सन् १८४५ मा २९ वर्षको उमेरमै माक्र्सले फ्रेडेरिक एङेल्स भन्ने साथीस“ग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखेका थिए । जुन घोषणा पत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेजमा मानिन्छ । विश्व जगतमा हालैका दिनमा देखिएका पुजीवादी स्वरूपहरू र वर्ग विभाजनको अवस्थालाई हेर्दा माक्र्सको घोषणापत्र झनै आवश्यक र व्यावहारिक रहेको विभिन्न व्यतिmहरु बताउछन । तर वर्तमानमा कम्युनिष्ट पार्टीका नेताहरुले वर्गीय आन्दोलनलाई टेकेर व्यक्तिवाद र पुजीवादमा रमाउ“दै गरेको अवस्था छ ।