सडकमा आदीवासी

 

सरकारले सा“स्कृतिक पर्वहरुमा दिइ“दै आएको सार्वजनिक बिदा कटौती गरेको निर्णय फिर्ता गर्न माग गर्दै आदीवासी समुदाय आन्दोलित भएका छन् । सांस्कृतिक पर्वमा दिइ“दै आइएको बिदा कटौतीको विरोधमा नेपाल आदिवासी जनजाती महासंघको अगुवाई तथा ६ दर्जन बढि समुदायहरु आन्दोलनमा उत्रेका हुन । सरकारले गत चैत १४ गते ६७ दिन सबै नागरिकका लागि लागू हुने र २२ दिन विशेष धर्म, जात, क्षेत्र तथा समुदायको लागि आंशिक रुपमा दिने बिदा कटौती गर्ने निर्णय गरेको थियो । यसरी बिदा कटौती गर्दा आदिवासी जनजानिहरुको सांस्कृतिक पर्वमा दिइने बिदा पनि कटौती भएको छ । सरकारको यही निर्णयको विरोध गर्दै विदा कटौती फिर्ता गर्न माग गर्दै नेपाल आदीवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी समुदाय आन्दोलित भएका छन् । उनीहरुले आफ्नो सा“स्कृतिक पर्वमा दिइ“दै आएको बिदालाई आंशिक रुपमा नभई यसअघि झै सार्वजनिक बिदा हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।