लुम्बिनीमा ७८.८ अंक सहित तामाङ उत्कृष्ट

लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहबाट खोटाङ दिक्तmेलका रामकुमार तामाङ विश्वविद्यालयकै उत्कृष्ट भएको छ । उनले लुम्बिनी कलेज अफ् बुद्धिजम एण्ड हिमालयन स्टडिज बाट स्नातकोत्तर परीक्षमा सर्वाेकृष्ट अङ्क ७८.८ अङक ल्याएका सहित प्रथम दिक्षान्त समारोहमा तामाङ सर्वोत्कष्ट अंक सहित स्वर्ण पदकबाट सम्मानित भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न दिक्षान्त समारोहमा सर्वाेत्कृष्ट तामाङलाई प्रा डा. रञ्जना – ई. भक्तानन्द बज्राचार्यबाट स्वर्ण पदक र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडबाट नगद पुरुस्कार रु ५० हजार रुपैया समेत प्रदान गरिएको छ । उनी तामाङ युवाहरुको सक्रियतामा आदिवासी जनजातिसँग सम्बन्धित विषय वा विद्याहरुमा सङ्कथन, अनुसन्धान तथा प्रकाशन गर्ने काम गरिरहेको एस.सी.आर.सी. नामक संस्थामा अपरेसन म्यानेजरका रुपमा काम गर्दै आएको छ ।