जिरीबासीलाई खुशीको खबर

पर्यटन तथा नागारिक उडयान रविन्द्र अधिकारीले तीन दशक देखि बन्द जिरी बिमानस्थालको अनुगमन गर्नु भएको छ । मन्त्री अधिकारीले बुधबार विमानस्थलको पुन सञ्चालनका लागि अनुगमन गर्नुभएको हो । विमानस्थल अनुगमनका लागि दोलखाको पर्यटकीय नगरी जिरी पुगेका मन्त्री अधिकारीले विमानस्थल पुन सञ्चालनका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । यस अघि विमानस्थल सन्चालनको लागि तत्कालीन पर्यटन मन्त्री आनन्द पोखरेलले अनुगमन गर्नु भएको थियो तर एक हप्ता लगएर नागरिक उड्डयन नेपालले विमानस्थल सर्वेको काम सकाए पश्चात जिरी विमानस्थल सन्चालनको प्रकृया नै रोकिएको थियो । २०४० बाट सन्चालनमा रहेको जिरी विमानस्थल जिरी सडक सन्जाल जोडीएसंगै बन्दा भएको थियो । २०५२ सालमा तत्कालीन नापी टोलिका प्रमुख र पसु विकास फाम जिरीका प्रमुखको मिलो मतोमा हवाई मैदानलाई पसु विकास फार्मको नाममा नापी भएको जिरी नगर पालिकाका मेयर टंक जिरेलले बताउनुभयो । पुन हवाई मैदानलाई विमानस्थलको नै नाममा ल्याएर सन्चालनमा ल्याउनु पर्ने जिरेलले उहाँले जोड दिनुभयो । नेपालको सुजरल्यान्ड भनेर चिनिने पर्यटकीय नगरी जिरी सगरमाथाको प्रमुख द्धार सोलुखुम्बु जिल्लामा सडक सञ्जाल र हवाई सुविधा पुगे पश्चात विदेशी पर्यटक ह्वाटै घटेको थियो । तर अझै पनि पथ पर्यटकका लागि यो रुट प्रयोग गर्ने धेरै पर्यटकहरु छन । अनुगमनमा सभासद पार्वत गुरुङ, जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरीका स्थानिय लगाएतको सहभागीता रहेको थियो ।