पासाङको रजत दिवस प्रतिष्ठामा परिणत

साविकको चौरीखर्क सुर्केमा २०१८ सालमा जन्मेकी पासाङ ल्हमुले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन् । उनी वैशाख १० गते दिउँसो २.१५ मा सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी विश्वमा आरोहण सुचिको १७ र नेपालको पहिलो महिला बनिन् । उनले त्यो भन्दा पहिले पनि तीन पटक सम्म सगरमाथा चढ्ने प्रयास गरेकी थिइन तर असफल भएको थियो । सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन । सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारद्धारा सम्मान समेत गरेको थियो । त्यति मात्र नभइ पूर्ण कदको शालिक र फोटो सहितको हुलाक टिकट पनि प्रकाशित थियो । मृत्यु पश्चात् पासाङलाई ‘सुप्रदिप्त मान्यवर नेपाल तारा’ले को पनि विभूषण मिलेको थियो भने पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ‘जासम्बा’ नामको चुचुरोलाई ‘पासाङ ल्हामु चुली’ नामकरण पनि गरियो ।


बैशाख १० अर्थात आज विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने प्रथम नेपाली महिला पासाङ ल्हमु शेपाको २५ औं रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । रजत जयन्तीको अवसरमा पासाङ ल्हमुको सालिक चुच्चेपाटीमा प्रधानमन्त्री के.पि शर्मा ओलीको प्रमुख आतिथ्यमा रजत जयन्ती मनाए । पासाङ ल्हमु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पासाङ प्रतिष्ठा नामक पुस्तकको विमोचन समेत भयो । कार्यक्रममा नेपाली पर्यटन क्षेत्रमा आवद्ध व्यतिmहरुको उल्लेख्य उपस्थिति थियो ।