कपाल फुल्ने र झर्ने भएर दिक्क हुनुभए यसो गर्नुुस

समयमा नपुग्दै कपाल फुलेर र झरेर कतिपयलाई दिक्क बनाएका छन् । चिकित्सकीय भाषामा समय नहुदै कपाल फुल्नुलाई प्रि(मेच्युर ग्रेईङ्क अफ हेयर) भनिन्छ, भने कपाल झर्ने समस्यालाई सामान्य रुपमा (एलोपसिया)भन्ने गरिन्छ। प्रतिदिन बिसदेखि सय वटा कपाल सामान्य रुपमा टुट्ने व झर्ने गर्दछ। यसरी कपाल दिनहुँ टुट्ने वा झर्ने सबैको हुन्छ। तर जब त्यो भन्दा बढि मात्रामा कपाल झर्न र कपाल फुल्न थाल्छ तब उक्त कुरा जटील हुन जान्छ । कपाल झर्नु र फुल्नुको कारण वंशानुगतकासाथै असन्तुलित भोजन , शरीरको हार्मोन्समा सन्तुलत नहुनु डक्टरहरु बताउछन् ।कपाल झर्नु र फुल्नु संक्रामक रोग, दीर्घकालिन रोग हुनु, औषधिहरुको अत्यधिक सेवन, कुपोषण, अत्यधिक मानसिक तनाव, कृतिम सौन्दर्य प्रसाधनको बढि प्रयोग आदि पनि हुन सक्ने बताएको हो । यसको अलावा अत्यधिक मानसिक चिन्ता या शारीरिक मेहनतबाट चाँया (डेन्डड्रफ) उत्पन्न भइ कपाल झर्ने कारण बन्न सक्छ।
कपाल झर्न नदिन यी कुरामा ध्यान दिनुस्
कपाल धुने समय वा कपालमा तेल या सेम्पु गर्ने बेला टाउकोमा बिस्तारै बिस्तारै तोरीको तेल, जैतुनको तेलले औलाले मालिस गर्नु पर्छ।
कपालको सरसफाइको साथै आफ्नो खानपानमा पनि उचित ध्यान दिनु पर्नेहुन्छ।
भिटामिन एवं प्रोटिन युक्त खाना खानु पर्छ। दुध, दही, हरियो सागसब्जि, टुसा उम्रेको गेडागुडी, सलाद प्रसस्त मात्रामा खानु पर्छ।
कपाल फुल्न नदिन यी कुरामा ध्यान दिनुस् ।
अमला पिसेर रातभर भिजाइ राख्ने अनि बिहान उठेर लगाउने गर्दा कपाल फुल्न बन्द हुन्छ। यसलाई निरन्तर प्रयोग गरिरहेमा कपाललाई सेतो हुन बाट जोगाउन सकिन्छ ।
काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।
नरिवलको तेलमा अमला मिसाएर लगाउने गरेमा पनि कपाल चमकदार र स्वस्थ हुन्छ । यसको नियमित प्रयोगले कपाल कालो हुन्छ ।
न्युज २४ बाट