विदा कटौतीको विरोधमा सडकमा आदिवासी समुदाय

समृद्धिको बहानामा आदिवासी जनजातिको अधिकार कटौटी गरेको भन्दै आदिवासी जनजातिले विरोध गरेका छन् । सरकारले आदिवासी समुदायका विभिन्न सांस्कृतिक पर्वहरुको बिदा कटौती गरेको विरोधमा आदिवासी जनजाती महासंघको संयोजकत्वमा शुक्रबार काडमाडौको माइतीघर ठम्प बनाएका थिए । विरोध कार्यक्रममा आदिवासी समुदायका विभिन्न संघसंस्थाहरुको उपस्थिति थियो । नेपालमा रहेका ३५ दशमलब २ प्रतिशत जनजातिका सांस्कृतिक पर्वहरु तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, उधौंलीरउभौली, माघे संक्रान्ति माघीमा दिइ“दै आएको सार्वजनिक बिदा खारेज गरेपछि आदिवासी जनजातिले विरोध गर्दै आएका छन् । उनीह्रुले कटौती गरिएका सार्वजनिक बिदा तुरुन्त फिर्ता गर्न सरकारसंग माग गर्दै आएको छ ।