उत्कृष्ट पा“च फोटो पत्रकारको नाम सार्वजनिक

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे क्लव)ले ‘राष्ट्रिय फोटो पत्रकारिता अर्वाड २०७५’को हरेक विधाका उत्कुष्ट ५ प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्लवले उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो । अवार्ड प्रतिस्पर्धामा सहभागी ११ विधाका उत्कुष्ट ५५ फोटो पत्रकारलाई शुक्रवार प्रमाण पत्र समेत वितरण गरेको हो । लाइफटाइम एचिभमेन्ट, वर्ष उत्कृष्ट फोटो पत्रकारिता, खेलकुद फोटो पत्रकारिता, पर्यटन तथा संकृति, राजनीतिक फोटो पत्रकारिता, दैनिक जीवन फोटो पत्रकारिता, मनोरन्जन फोटो पत्रकारिता, आर्थिक फोटो पत्रकारिता, महिला फोटो पत्रकारिता लगाएत बिभिन्न १३ विधामा उत्कृष्ट हुनेलाई नगद, ट्रफी र सम्मान पत्र प्रदान गरिने छ । लाइफटाइम एचिफभेन्ट अवार्ड प्राप्त गर्नेले रु ५० हजार नगद, ट्रफी र सम्मान पत्र प्राप्त गर्ने छन् भने भने अरु सवै बिधाका उत्कृष्टलाई २५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिन आयोजकले जनाएको छ । फोटो अवार्ड २०७५ बैशाख १३ गते विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने एनएफपीजेले जनाएको छ ।