२२ औ साधारण सभा २३ करोड ७२ लाख ७३ हजार खुद मुनाफा

नागरिक लगानी कोषले २३ करोड ७२ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित २२ औं साधारण सभामा आर्थिक वर्ष २०७२÷०७३ मा कोषले २३ करोड ७२ लाख ७३ हजार मुनाफा आर्जन सफल भएको होे । कोषका अध्यक्ष महाश्रम शर्माले आर्थिक वर्ष २०७३÷०७४ को आषाढ मसान्तसम्ममा कोष संकलन उच्च दरमा भएको बताउनुभयो । अध्यक्ष शर्माले आर्थिक वर्ष २०७२÷०७३ मा ८२ अर्व २७ करोड ९१ लाख पुगेको कोष संकलन आर्थिक वर्ष २०७३÷०७४ मा १३ दशमलव ६९ प्रतिशतले वृद्धि भई ९३ अर्व ५४ करोड ५१ लाख पुगेको बताउनुभयो । कोषले बचत कार्यक्रमको दायरा अन्तराष्ट्रियस्तरमा समेत विस्तार गरी विदेशस्थित नेपाली कामदारहरुलाई सामूहिक लगानी कोष कार्यक्रममा सहभागी गराउन दक्षिण कोरियामा नागरिक एकांक योजना संचालन गरिएको जनाएको छ । कोषले सेयरधनीहरुलाई दिने आवास कर्जाको सीमा बढाई ४० लाख पु¥याएको छ भने शैक्षिक कर्जा ३५ लाखसम्म प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।