रथ यात्रा सुरु
रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक र्पुयाएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो । पहिलो दिन रथलाई तानेर नःटोल र्पुयाइएको छ । रथ तान्ने पर्वभरी होम र गाई दान गर्ने गरिन्छ । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाउने गरिन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।