होला तक्यानको विधान पास,निलम्बन फुकुवा होला त ? निलम्बन फुकुवा ?

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले विधानको तेस्रो संशोधन प्रस्ताव हुबहु पास गरेको छ । यससँगै अन्तर्रा्ष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले नेपालको निलम्बन फुकुवाको सम्भावना बढेको छ । सल्लाहकार समूहमा भएको सहमतिअनुसार कानुनी सल्लाहकारले विधानको तेस्रो संशोधनको मस्यौदा बनाएका थिए । संशोधित विधानले क्रिकेट खेलाडीलाई पनि क्रिकेट संघको सदस्य बन्ने बाटो खुलेको छ । साथै हाल अधिवेशन भइसकेका ३७ जिल्लाको हकमा विधानअनुसार भए नभएको हेर्न पाँच सदस्यीय अनुगमन समिति गठन गरिनेछ । प्याकुरेलका अनुसार संशोधित विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमोदन गरेपछि आईसीसीमा पठाइनेछ । साधारणसभामा पर्यवेक्षकका रुपमा आईसीसी प्रतिनिधि अमर शेख पनि उपस्थित थिए । अब शनिबार र आइतबार कोलकातामा बस्ने आईसीसीको बोर्ड बैठकमा नेपालबारे छलफल हुने बताइएको छ । साथै आगामी जुलाईमा हुने आईसीसीको साधारणसभामा नेपालको निलम्बन फुकुवा एजेण्डा बन्ने अपेक्षा गरिएको छ । २ वर्ष अघिदेखि जारी विवाद र आइसीसीबाट निलम्बित नेपाली क्रिकेटको निरन्तरताका लागि गरिने पहल बारे साधारण सभामा छलफल हुनेछ । १९५६ मा स्थापना भई नेपाली क्रिकेटका लागि काम गर्न थालेको नेपाल क्रिकेट संघ साढे दुई वर्ष अधि अन्तर्रािष्ट्रय क्रिकेट काउन्सिल (आईसीसी)बाट निलम्विनमा परेको थियो । दुई वर्ष अघि वर्तमान अध्यक्ष्ँ श्री चतुर बहादुर चन्दको अध्यक्षतामा नया“ कार्यसमिति चयन भए पश्चात नेपाली क्रिकेट निरन्तर विवादमा रह्यो । क्रिकेट संघ विवाद र निलम्बन हुनुमा राजनितीक हस्तक्ष्ँेप र संघको विधान मुख्य वाधाक बनेको अन’मान छ । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजासहितको टोलीली गत जनवरीमा नेपाली क्रिकेटमा भएको विवाद अन्त्य भए आइसीसीले क्यान निलम्वन फुकुवा गर्ने भन्दै समयसीमा तोकेको थियो । आइसीसीले तोके बमोजिम काम भए आगामी जुन सम्ममा क्यानमाथि लागेको निलम्वन फुकुवा हुने संकेत दिएको थियो । संघको विधान संशोधन र आगामी जुन १८ मा हुने आइसीसीको एजिएममा सहभागी हुने लक्ष्यका साथ चरणवद्ध छलफल र विशेष साधारण सभा राखिएको संघले जनाएको छ । सन् १९९६ देखि अन्तर्रािष्ट्रय क्रिकेट परिषदको सदस्य राष्ट्रको रूपमा रहदैं आएको नेपाल सन्् १९८८ देखि सन् १९९६ सम्म सम्बद्ध राष्ट्रको रूपमा रहेको थियो । सन् २०१४ जुन देखि २०१५ सम्म आइसिसी वर्ल्ड ट्वान्टी २० छनौट प्रतियोगितासम्म आइसिसीले नेपाललाई ट्वान्टी २० अन्तर्रािष्ट्रय मान्यताप्राप्त टिमको श्रेणीमा राखेको छ । यसअघि पनि टी–ट्वेन्टी मान्यता पाउ“दा क्रिकेट विवादकै कारण खासै उपलब्धी हासिल नभएको खेलाडीहरुको आरोप छ । त्यति मात्र होइन २०७४मा क्रिकेट विवाद समाधान नभए पनि नेपालले हालै पाएको वन डे मान्यता र अन्य ऐतिहासिक उपलब्धीहरु गुम्ने खतरामा छ । विभिन्न समस्याका बावजुत पनि प्रगति पथमा लम्केको नेपाली क्रिकेटलाई बचाउनकै लागि मात्र भए पनि यो साधारण सभाबाट सकरात्म सन्देश दिनै पर्छ ।