दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिप काठमाडौमा

जुडो आठौं दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिप प्रतियोगिता यहि बैशाख ८ गतेदेखि १० गतेसम्म ललितपुरको सैनिक खेल केन्द्रमा सञ्चालन हुने भएको छ । अन्तराष्ट्रिय जुडो महासघ र जुडो युनियन अफ एसियाको सहयोगमा उक्त प्रतियोगिता सञ्चालन हुने आयोजक नेपाल जुडो सघले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । उक्त प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका छ राष्ट्रका खेलाडीले भाग लिने जुडो सघका महासचिव तथा प्रचार प्रसार संयोजक धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ समान सात गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा आयोजक राष्ट्र नेपालको दुई समूह तथा भारत , पाकिस्तान श्रीलंका बंगलादेश र भूटानको १–१ समुहगरि बिभिन्न सात तौल समूहमा ५५ जना पुरुष र ४७ जना महिला खेलाडीले भाग लिनेछन् । उक्त प्रतियोगितामा पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा भने महिलामा ४८, ५२, ५७, ६३, ७०, ७८ केजीमुनि र ७८ केजी तौल समूह माथिमा प्रतिस्पर्धा हुनेछ आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको लागि करिब रु ५० लाख खर्च लाग्ने आयोजकको भनाइ रहेको छ । राष्ट्रका लागी खेलकुद , स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो ।