बैशाख ८ मा साइकल ¥याली हुने

टुर डे लुम्बिनीले आगामी बैशाख ८ गते काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदा स्थल पुग्ने गरी साइकल यात्रा गर्ने भएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर टुर डे लुम्बिनीले उक्त जानकारी दिएको हो । काष्ठमण्डप परिसर वसन्तपुर डबलीबाट सुरु भएर साइकल ¥याली स्वयम्भू, पशुपतिनाथ, बौद्ध, चा“गुनारायण, भक्तपुर दरबार स्क्वायर हु“दै पाटन दरबार स्क्वायरमा पुगेर यात्रा पूरा हुने जनाएको छ । विश्व सम्पदा सूचीमा रहेका पौराणिक, पुरातात्विक, सांस्कृतिक महत्त्वका सम्पदाप्रति चेतना जगाउने उद्देश्यले साइकल यात्रा आयोजना गर्न लागेको आयोजकले जनाएको छ । कार्यक्रममा पा“चँ सय साइकल यात्री सहभागी हुने अनुमान गरिएको छ ।। त्यस्तै बैंशाख १४ गते काठमाडौदेखि लुम्विनीसम्म चार दिने साईकल ¥याली हुने आयोजकले जनाएको छ । टुर डे लुम्विनीका उपाध्यक्ष आलेले उपत्यकालाई साईकल सिटी बनाउन साईकल लेनको माग सहितको क्याम्पीयन सुरु हुने जानकारी दिनुभयो । सद्भावका लागि सम्पदा साइकलमा नेपाली र विदेशी साइकल आरोहीका साथै स्वयंसेवक, चिकित्सक तथा साइकल मेकानिक्स सहभागी हुने आयोजकले जनाएको छ ।