झापामा राष्ट्रपति कप सुरु

झापा जिल्लास्तरीय १० औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषद्को संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन सांसद लालप्रसाद सा“वाले गर्नुभएको हो । बैशाख ६ गतेसम्म सञ्चालन प्रतियोगितामा गत चैत २१ देखि ३० गतेसम्म झापाका ५ वटै निर्वाचन क्षेत्रमा सम्पन्न क्षेत्रीय छनोट प्रतियोगितामा भाग लिई विजेता तथा उपविजेता भएका विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी २४३ वटा विद्यालयले भाग लिएका छन् । भलिबल, कबड्डी र एथ्लेटिक्सका प्रत्येक इभेन्टमा विजयी एवं उपविजयी बनेका तथा करा“ते, उसु र तेक्वान्दोतर्फ छानिएका खेलाडीहरुले जिल्लास्तरीय छनोटमा प्रतिस्पर्धा गर्नेछ ।