मरेको १५ दिनपछि शेर्पाको शव नेपाल ल्याइयो

वैदेशिक रोजगारीका शिलशिलामा इराक पुगेका धावा लामा शेर्पाको शव सोमबार नेपालमा ल्याएको छ । भोटेकोशी गाउ“पालिका वडा नं. १ सिन्धुपालचोकका उनी १५ महिना अघि इराक पुगेका थिए । इराकको सोनामानी भन्ने ठाउ“मा काम गर्दै आएका शेर्पा १५ दिन अघि मृत्यूभएको थियो । काम गर्ने कम्पनीले घरको छतबाट ब्लक खसेर मृत्यू भएको जनाए छ । तर यता मृतकका आफन्त भने यो कुरा स्वीकारेका छैनन् । मृतकका दाई पेम्बा लामा शेर्पाले मृतकको अबस्था हेर्दा ब्लक खसेर मृत्यू नभएको बताउनुभयो । शवलाई नेपाल तथा वैदेशिक रोजगार उद्दार नेपालले नेपाल ल्याउन सहयोग गरेका थियो । इराकमा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरु अधिकांश नेपालीहरु इलिगल भएको हुनाले कम्पनीसंग मुद्दा लड्ने अबस्था छैन । शव नेपाल ल्याउन समेत धेरै समस्या भएको नेपाल तथा वैदेशिक रोजगार उद्दार नेपालले जनाएको छ । मृतक शेर्पाको पा“च वर्षकी छोरी, श्रीमति ग्याल्मु शेर्पा, वुबा र आमा रहेका छन् ।