नेपालमा ५७ प्रतिशतले स्वाथ्यसंस्थामा ,४१ प्रतिशत महिला अझै घरमा नै सुत्केरी


राष्ट्रिय सुरक्षित मातृत्व दिवसको अवसरमा सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि फिस्टुला र क्यान्सरको निशुल्क परीक्ष्ँण, सुरक्ष्ँित मातृत्व कोष सहित विभिन्न चार कार्यक्रमको घोषणा गरेको छ । अघिल्लो वर्षदेखि सरकारले पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निशुल्क गरेको थियो । नेपाल सरकार अन्तर्गतको परिवार महाशाखाको तथ्याङक अनुसार अहिले ५७ प्रतिशत महिला स्वास्थ्य संस्थामा जाने गरेका छन् भने ४१ प्रतिशत महिलाहरु अझै पनि घरमा नै सुत्केरी गराइरहेको तथ्यांक छ । संविधानतः मात्र नभई अन्तराष्ट्रिय मञ्चहरुमा गरिएका प्रतिवद्धता अनुसार २०३० भित्र सरकारले प्रतिलाख २ सय ३९ आमाहरुको मृत्युदरलाई घटाएर ७० मा झार्ने लक्ष्य लिएको छ । सुरक्षित मातृत्व दिवसका अबसरमा त्रिवि शिक्षण अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्य्मा अर्यालले पहिलो चरणमा वैशाखदेखि असारसम्म सबै अस्पतालबाट पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण तथा फिस्टुला र क्यान्सर भएर नभएको निःशुल्क परीक्षण गरिने जानकारी दिइन् । साउनदेखि असोजसम्म सबै पालिकामा एक सुरक्षित मातृत्व कोषको स्थापना ‘एक पालिका एक सुरक्षित मातृत्व कोष अभियान देशव्यापी बनाइने सरकारको योजना छ । कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्व सम्बन्धी किशोर–किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्धेश्य सहित देशव्यापी रुपमा निबन्ध र वक्तृत्वकला सम्बन्धी कार्यक्रम सञ्चालन तथा सार्वजनिक विद्यालयमा पढ्ने छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरिने कार्यक्रम रहेको छ । विशेषज्ञहरुका अनुसार पहिलेको तुलनामा सुरक्षित मातृत्वमा अहिले सकारात्मक परिवर्तन भएको छ । तर समय अनुसार नया“ रोग र कारणहरु पनि देखा पर्दै गएको विशेषज्ञहरु बताउंछन । स्त्री रोग विशेषज्ञ पुन्या पौडेलकका अनुसार पहिले रतmस्राव मुख्य कारण थियो भने अहिले एकलाश्यबाट धेरै आमाहरुको मृत्यु हुने गरेको छ ।