आमाको मुख हेर्ने दिन आज

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइएको छ । मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हु“दा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
संसार देखाउने आमालाई संसारमै किन्न पाइदैन, संसारकै पवित्र नाता, आमा । त्यसैले प्राय सबै बच्चाले पहिलो बोली आमा भन्ने शब्दबाटै उच्चारण गरेको पाइन्छ । आमाको सम्मानमा हरेक वर्ष बैशाख कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने चलन छ । विशेषगरी यो दिन बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पगेका छन् । आमालाई मीठा खानेकुरा खुवाउ“छन् । विवाह गरेर श्रीमानका पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित माइतीघर जाने गर्छन । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनि सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावनासम्झनाहरु व्यक्त गरेका छन् । प्रचिन सभ्यतामा दुई जना बटुवा मातातिर्थको जङगलमा घुम्दै जादा भोग लागे पछी हातमा रोटी निकालेर खान लाग्दा दुई जानाकै हातबाट रोटी खसेपछी आमा हुनेको रोटी जहाको तही रहेको र आमा नहुनेको खसेकै ठाउमा विलाएको भन्ने प्राचिन किंवदन्ती छ । यहि घटना पछी मातातिर्थमा आमा नहुनेहरुले मातातिर्थमा आएर कर्म काण्ड गर्दा पुण्य मिल्ने आशा सहित आमा नभएकाहरु मातातिर्थ मन्दिरमा गएर पुजापाठ गर्छन ।
मातातिर्थ औसिको दिन आमा नहुनेले मातातिर्थ मन्दिर परिषरमा रहेको पाखरीमा स्नान गर्नाले आमाको बिम्ब देखिने जनविश्वास रहिआएको छ । पछिल्लो समय आफ्नै आमा बुवालाई वृद्ध आश्रममा छोड्नेको संख्या पनि कम भने भएको छैन । त्यसैले सबैले यता पनि ध्यान दिन सके साँच्चिकै यो पर्वको महत्व अझ बढ्नेछ ।