रारा पर्यटन वर्ष भोलीबाट सुरु ,प्रधानमन्त्री ओलीले उद्धघाटन गर्ने

कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको रारा पर्यटन वर्ष २०७५ को तयारी सबै पुरा भएको छ । नयाँ वर्षको अवसर पारेर सुरु गर्न लागेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्नेछ । पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघिय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु र संचारकर्मीहरु रारा पुगि सकेका छन् । प्रधानमन्त्री ओली रारा प्रस्थान गरिसकेको छ । प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाममा सम्बोधन गर्ने , सम्बोधन लगत्तै हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुन रारा फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । रारामा प्रधानमन्त्रीले बोटिङ समेत गर्ने कार्यतालिका रहेको जनाएको छ ।