भ्रष्टचार नियन्त्रणकालाई सरकारलाई सुझाव

ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता पूरा गर्न आवश्यक संयन्त्र निर्माण गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभएको हो । नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उअध्यक्ष अर्यालले मुलुकमा सुशासन कायम गर्न राज्यका सबै निकायलाई चुस्तदुरुस्त बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता भ्रष्टाचार विरुद्धको अभियानका लागि सार्थक पहल भएको उल्लेख गर्दैै मुलुकमा भ्रष्टाचार नियन्त्रण हुँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो । अध्यक्ष अर्यालले भ्रष्टाचार नियन्त्रणका लागि कानुन कार्यान्वयनमा कठोर बन्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनलले मुलुकमा बलियो सरकार आएको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि अनुकूल समय आएको निष्कर्ष पनि निकालेको छ ।