मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा काँग्रेस र स्वतन्त्र निर्वाचित

मनाङ । हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा ९एमाले० र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका छन् । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहेका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।
विजयी पोल्देन छोपाङले दुई हजार ३०० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी टेकबहादुरले दुई हजार २१ मत पाए ।
खसेको मतमध्ये चार हजार ३२१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा चार हजार ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पाँच हजार ८८१ मतदाता छन् ।
प्रदेशसभा (क) मा काँग्रेस र (ख)मा स्वतन्त्रका मनाङ्गे
प्रदेशसभाका सदस्यका लागि नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । काँग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा ९क०बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी भएका छन् । विजयी घलेले ९९८ मत प्राप्त गरे ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गरे । मनाङ (क)मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।
प्रदेश सभा (ख)मा दीपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित भए । गुरुङले एक हजार ४१० मत पाए भने प्रतिद्वन्द्वी नेकाका कर्म गुरुङ ३९० मतले पराजित भए । उनले एक हजार २० मत प्राप्त गरे।
एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएका थिए ।
जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिएका थिए।