दिव्यभूमि कलेजका २०७४ ग्रामीण क्याम्प बर्दिबासको नमुना मुसहर बस्तीमा

निम्लेकी शेर्पा

२०७४ चैत्र २५

महोत्तरी, बर्दिबास ।

दिव्यभूमि मल्टिपल कलेजले धुर्मुस सुन्तली फाउण्डेशनद्वारा महोत्तरीको बर्दिबासमा निर्माण गरिएको एकीकृत नमुना मुसहर बस्तीमा ग्रामीण क्याम्प आयोजना गरेका छन् ।

स्नातक तह अन्र्तगत सामाजिक कार्य विषयमा अध्ययनरत ४० जना विद्यार्थीले चैत्र १७ देखि २० गतेसम्म नमुना बस्तीको अध्ययन भ्रमण गरेका हुन् । सामाजिक कार्य विषयको प्रयोगात्मक सिकाइ पाठ्यक्रमअनुसार उनीहरुले बस्तीमा रहेका मुसहर समुदायको स्वास्थ्य, शिक्षा, सरसफार्इ साथै आर्थिक र सामाजिक अवस्थाबारे  अध्ययन गरेका थिए ।  अध्ययन भ्रमण क्रममा विद्यार्थीहरुले मुसहर बालबालिकाहरुसँग सरसफार्इ सम्बन्धी र महिलाहरुसँग प्रजनन् स्वास्थ्य सम्बन्धी चेतना मूलक कार्यक्रम गरेका थिए । विद्यार्थीहरुले मुसहर परिवारलाई साबुन, ब्रस र टुथपेस्ट लगायतका सरसफाइ सम्बन्धी सामग्रीहरु वितरण गरेका थिए ।दिव्यभूमि कलेजबाट तराई मधेसमा  यो दोस्रो शैक्षिक भ्रमण रहेको थियो।

 विद्यार्थीहरुले फरक वातावरणमा नेपालीहरुको पृथक जीवनशैली, सामाजिक, साँस्कृतिक र आर्थिक अवस्थाबारे अध्ययन गर्ने अवसर पाएको सामाजिक कार्य विषयका उपप्राध्यापक पियुष श्रेष्ठले बताए ।