छिमेकीसंग शंका रहित भरपर्दो मित्रता ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुस“ग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताउनुभएको छ । आफ्नो भारत भ्रमणबारे संसदमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्बन्धलाई फलदायी बनाउनेउहाँको जोड छ । प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताउनुभयो । आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतका जायज चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिनुभयो ।