११ औं विश्व अटिजम दिवस

सोमबार ११ औ अटिजम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् २००७ नोभेम्वर १ मा कतारले यो दिवस मनाउने पर्ने प्रस्ताव राखेपछि २००७ डिसेम्बर १८ मा संयुतm राष्ट्रसंघले यो दिवस मनाउन उद्घोष गरेपछि प्रत्येक वर्ष अप्रिल २ लाई विश्व अटिजम दिवसको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि अटिजम केयर नेपालले सन् २००८ देखि यो दिवस मनाउदै आएको छ । यो वर्ष अटिजम भएका महिला तथा बालिकाहरुको सशक्तीकरण भन्ने नारा सहित यो दिवस मनाएको हो । विश्व स्वास्थ्य संगठन डब्लु एच ओ का अनुसार विश्वमा भएका कुल जनसंख्यमध्ये एक प्रतिशत मानिसहरु अटिजममबाट ग्रसित छन । अर्थात विश्वका हरेक ६८ जना नवजात शिशुमध्ये १ जनामा अटिजम हुने तथ्यांक रहेको छ । अटिजम रोग नभई एक प्रकारको विकासात्मक अपाङ्गता हो । बालबालिका शारीरिक रुपमा राम्रो भएपनि उमेर अनुसार भाषा र संरचनाको विकास नहुनु, आफ्नो उमेरका साथीसँग खेल नखेल्नु, एक्लै एकोहोरो कुरामा अलमलिनु लगायत अटिजमका लक्षणहरु देखा पर्ने डा.सुनिता मलेकु अमात्यले बताउनुभयो । अटिजम बालिका भन्दा बालकलाई हुने सम्भावना पाँच गुणाले बढी हुने डाक्टर सुनिता मलेकु अमात्य बताउनुहुन्छ । उहाँका अनुसार अनुसार बालबालिका खेलौनासँग नखेले, खेल्ने कुरा लाइन बनाएर राखे, एकोहोरो भए अटिजम भएको हुन सक्छ । अटिजम जन्मजात बच्चामा देखिने एक प्रकारको अपांगता हो । यो जीवनभरसम्म रहने डाक्टर सुनिता मलेकुले बताउनुभयो । नेपालमा झण्डै तीनलाख व्यक्तिमा अटिजम भएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ भने छैन ।