शेर्पाको नेतृत्वमा आई एफ के.के नेपाल कराते संघ गठन

शेर्पा विद्यार्थी संघका उपाध्यक्ष आङङिमा शेर्पाको नेतृत्वमा इन्टरनेशनल फेडरेशन अफ क्योकुसिन काईकान कराते संघ काठमाडौ जिल्लामा गठन गरिएको छ । ९ सदस्यीय कार्यसमितिमा शेर्पा निर्विरोध रुपमा अध्यक्षमा चयन भएको हो । इन्टरनेशनल फेडरेशन अफ क्योकुसिन काईकान कराते संघ नेपालका केन्द्रिय सदस्य डिक कुमार प्रधानको उपस्थितिमा चैत्र १७ गते गठित कार्यसमितिमा आशिष प्र।सिंखडा उपाध्यक्ष,सचिवमा असितमान श्रेष्ठ,कोषाध्यक्षमा डोमा तामाङ,सदस्यमा पासाङ तामाङ,रमेश गोले,सम्झना लामा,सजिव वाईवा, प्रवेश शर्मा रहेका छन । आफनो स्कुले जीवनदेखि नै कराते खेलमा लागेका शेर्पाले केहि प्राविधिक कारणले कराते खेल्न छोडेका थिए तर आफनो इच्छा पुरा गर्न र कराते खेलमा केहि गर्ने उदेश्य सहित पुनह यो खेलमा लागेको जानकारी दिनुभयो । काठमाडौ जिल्लामा भएको गठन पश्चात अन्य जिल्ला र प्रदेशहरुमा पनि यसको शाखा विस्तार गर्दै यो खेलको विकासका लागि काम गर्ने योजना रहेको पनि शेर्पाले बताउनुभयो । खेलमा फर्के लगत्तै भर्खरै सम्पन्न भएको पहिलो उपत्यका क्योकुसिन काईकान कराते प्रतियोगितामा दोस्रो स्थान हाँसिल गरेका छन ।