पहिलो पटक तीन स्रष्टाको चार एल्बम विमोचन

शेर्पा म्युजिक वल्र्डको व्यानरमा पहिलो पटक शेर्पा समुदायका कलाकारहरुले गरे चार वटा एल्बमको विमोचन गरेको छ । शनिबार निर्देशक तथा कलाकार आङङिमा शेर्पा कुङगाको सगुन गजल संग्रह र आमा नेपाल , नव गायक फुर्वा शेर्पाको हिमाली गाउँ र कर्मा पहाडी शेर्पाको शेर्पाज शोल एल्बम विमोचन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम,विशेष अतिथि आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाको ,शेर्पा कलाकार संघका अध्यक्ष डि.जे ङवाङ शेर्पाले संयुतm रुपमा एल्बमको विमोचन गरिएको थियो ।

शेर्पा भाषामा निर्माण भएको चलचित्रबाट समुदायसँगै आदिवासी चलचित्र जगतमा आफनो नाम लेखाउन सफल कलाकार आङ ङिमा शेर्पा कुङगा एल्बम गजल संग्रह सगुनमा शेर्पाका शब्द तथा स्वर साथै चर्चित गायिक मेलिना राई ,गायक शिव परियार,मिङमा शेर्पा लगायतका कलाकारहरुको स्वर रहेको छ भने संगित राजेश थापाको रहेको छ । त्यस्तै दोस्रो एल्बम आमा नेपालको शब्द संगित तथा स्वर आङङिमा शेर्पा कुङगाको रहेको छ भने एउटा गीतमा भने चर्चित गायक आसुशेन लामाको संगित रहेको छ । नव गायक फुर्वा शेर्पाको एल्बम हिमाली गाउँमा तीन ओटा गीतमा शब्द र संगित स्वर आङ ङिमा शेर्पा कुङगा र गायक फुर्वा शेर्पा आफैको रहेको छ । त्यस्तै कर्मा पहाडी शेर्पाको शेर्पाज शोलमा शब्द कर्मा पहाडी शेर्पाको रहेको छ भने दुई ओटा गीतमा संगित आङ ङिमा शेर्पा कुङगा साथै कर्मा पहाडी आफैको रहेको छ ।

विमोचन एल्बमका अधिकांह गीतहरुमा म्युजिक एरेन्ज भने म्युजिक एरेन्जर पवन वाङ लामाको रहेको छ । विमोचन कार्यक्रममा अतिथिहरुले एल्बमको शुभकामना साथै आगामि दिनमा पनि यस्तो गीत संगित बजारमा ल्याउन सके नेपाली संस्कार संस्कृति त्यसमा पनि जातिय संस्कृति सदैव जीवन्त रहने बताउनु भएको थियो । कार्यक्रममा चर्चित कलाकार मेलिना,आसुशेन लामा,कुशल थलङ लिम्बु,सोनाम शेर्पा डि.जे छेवाङ शेर्पा संगै शेर्पा समुदायका चर्चित गायक दावा के शेर्पा,गोन्पो शेर्पा,¥याप गायक छाङपा शेर्पा,आङ तन्जि शेर्पा ,मोडल जाङमु इन शेर्पा,एरिन तामाङ छिरिङ कुन्शल शेर्पाले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा चलचित्र टिन्छेन फामाको सहयोगीहरुलाई सम्मान पनि गरेको थियो।