बेलायतमा शेर्पाहरुले शेर्पा गायकलाई सम्मान

शेर्पा संघ बेलायतले गायक एपी शेर्पालाई एक कार्यक्रम गरी सम्मान गरेको छ । शेर्पा संघ बेलायतले स फो खि लो २१४५ औ ग्याल्पो लोसारको अवसरमा आयोजना गरेको कार्यक्रममा एपी शेर्पाले पु¥याएको योगदानको कदर गर्दै संस्थाले गायक शेर्पालाई सम्मान गरेको संस्थाका महासचिव रिन्जी शेर्पा लामाले जानकारी दिनुभयो । २४ मार्चका दिन बेलायतमा आयोजना भएका एपी एकल साँझको अवसरमा उहाँलाई संघले सम्मान गरेको हो । एपी शेर्पा एकल साँझमा शेर्पासंगै बेलायतमा रहेका नेपालीहरुले पनि सहभागिता जनाएका थिए । गायक एपी शेर्पालाई सम्मान गर्दै शेर्पा संघ बेलायतका अध्यक्ष, उपाध्यक्ष,महासचिव लगायत सम्पुर्ण कार्यसमितिले धन्यावाद ज्ञापन गरेका थिए । एपी शेर्पा शेर्पा समुदायमा मात्र नभई नेपाली साँङगितीक क्षेत्रमा नाम स्थापित कलाकारको रुपमा चिनिन्छ । संघले एपी शेर्पाले अझ नेपाली साँङगितीक क्षेत्रमा योगदानसँगै अझ धेरै प्रगति गर्नका लागि बधाई समेत दिएको संस्थाका महासचिव शेर्पाले जानकारी दिनुभयो