सरकारले समुदायगत रुपमा दिने विदाको शेर्पा समुदायबाट विरोध,निर्णय तुरुन्त फिर्ता गर्न माग

 

एकलौंटी ढंगबाट सम्बन्धित जाति, समुदाय वा भेग विशेषलाई मात्र सार्वजनिक विदा दिने निर्णयको शेर्पा समुदायले विरोध गरेको छ । शेर्पा समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र प्रर्वदनका लागि विगत साढे दुई दशक देखि काम गर्दै आएको हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले प्रेस विज्ञप्ती सहित सरकारको निर्णयको विरोध गरेको हो ।
नेपाल सरकारले २०७४ चैत्र १४ गते बुधबार बसेको मन्त्रीपरिषद बैठकले सर्वजनिक बिदा कटौंती सम्बन्धि दिँदै आएका दर्जन भन्दा बढि चाडपर्वहरु कटौती गरेको थियो । सरकारले आदिवासी जनजाति सम्बद्ध समुदायहरुलाई कुनै प्रकारको छलफल तथा परामर्श नलिई जनजाति समुदायको नयाँ वर्ष तथा प्रमुख चाडपर्वहरुमा दिँदै आएको सर्वजनिक बिदा एकलौंटी ढंगबाट कटौती गरेकोले आफुहरुलाई यस्तो मान्य नहुने भन्दै विरोध स्वरुप प्रेस विज्ञप्ती निकालेको संस्थाका महासचिव सेर्कु शेर्पाले जानकारी दिनुभयो । नेपाल सरकारले गरेको निर्णय जनजाति समुदायको निम्ती असमानताको स्थिति सिर्जना गराई नेपाली समाजमा जातजाति बिच विभेद गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल सरकारले गरेको उक्त निर्णय आदिवासी जनजाति समुदायको हकहितको निम्ती आपत्ति जनक भएको उहाँले बताउनुभयो । आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ति प्रति ऐक्यबद्धता जनाएका छन् । सरकारले गरेको उतm निर्णय तुरुन्त फिर्ता गर्न समेत अनुरोध गरेको छ ।