टान लाङटाङ म्याराथन २५ अप्रिलमा

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को तेस्रो ‘टान लाङटाङ अन्तर्रा्ष्ट्रिय म्याराथन’ प्रतियोगिताको तयारी थालेको छ । २५ अप्रिल २०१८ मा आयोजना गर्ने लक्ष्य सहित लाङटाङ अन्तर्रािष्ट्रय म्याराथनको तयारीमा जुटेको टानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो । यो वर्ष समुन्द्र सतहबाट ३८ सय मिटर उचाईमा रहेको रसुवा जिल्लाको क्यान्जिङ गोम्पाबाट सुरु भइ स्याब्रुवेसीमा समापन हुनेछ । यस प्रतियोगितामा स्वदेशी तथा विदेशी सहित करिब २ सय जनाको सहभागिता रहने श्रेष्ठले जानकारी दिनुभयो । यो वर्षको म्याराथनका लागि कार्यसमिति सदस्य तथा टान स्पोर्टस् एण्ड इभेन मानेजमेन्ट डिपार्टका कोर्डिनटर रितु ग्याम्दानको संयोजकत्वमा काम अघि बढाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्दै आएको छ । पर्यटकीय क्षेत्रमा साहसिक खेलको माध्यमबाट पनि पर्यटन गन्तव्यको प्रचार प्रसार गर्न सकिने तथा अन्तर्रा्ष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवर्दन गर्न सकिने अपेक्षा सहित वार्षिक रुपमा गर्दै आएको छ । २०७२ सालको भुकम्पले ध्वस्त भएको लाङ्टाङ क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र पर्यटन प्रवर्दनका लागि सुरु गरिएको यो लाङटाङ अन्तर्रा्ष्ट्रिय म्याराथनलाई टानले आफ्नो वार्षिक कार्यक्रमको रुपमा समेत राख्दै आएको छ ।