विद्यार्थी संगठन पुनह आन्दोलित

चैत २३ गते निर्धारण गरिएको स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका आंगिक कलेज अगाडि आधा घण्टा चक्काजाम गरेका छन् । प्रमुख तीन विद्यार्थी संगठनहरुले परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्ने माग राखेका छन् । शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नया“ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र्पुयाइएपछि चर्को आलोचना हु“दै आएको छ । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् । प्रमुख तीन विद्यार्थी संगठनले १७ गतेदेखि भने आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेका छन् । एसईई परीक्षाको बीचमै शैक्षिक हड्ताल गर्ने निर्णयमा पुनर्विचार गर्न निजी विद्यालयहरुको संस्था प्याब्सनले आग्रह समेत गरेको छ । यही चैत ८ गतेबाट सुरु भएको यसईई परीक्षा चैत २० गते सकिँदैछ ।