पत्रकार महासंघको ६३ औं स्थापना दिवस आज

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउ“दैछ । नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको ६३ औं स्थापना दिवसको अवसरमा जारी विज्ञप्तिमा सञ्चार माध्यमलाई राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न आग्रह गरिएको छ ।

महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि केन्द्र र प्रदेशस्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, आम सञ्चार प्राधिकरण, विज्ञापन परिषद् जस्ता निकायको स्थापना गर्न समेत सरकारसंग माग गरेको छ । यसैगरी, प्रेस काउन्सिलको पुनःसंरचना, समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं आमसञ्चार विकास कोषको स्थापनालगायत माग पूरा गर्न पनि आग्रह गरिएको छ । आजकै मितिमा सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा नेपाल पत्रकार महासंघको स्थापना भएको थियो ।